सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष बलात्कारको आरोपमा पक्राउ
प्रकाशित मिति : 12 August, 2021 5:27 pm
रुपन्देही । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बालात्कारको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई आज पक्राउ गरेको जानकारी दिए । पीडित महिलाको उजुरीका आधारमा शुक्ला पक्राउ परेका केसीले जानकारी लिए ।
नियन्त्रणमा लिएर उनीमाथी अनुसन्धान सुरु गरिएको छ ।