१० माघ २०८१, बिहिबार

दाङमा राप्ती नदीको बाढी खतरा तह नजिक, तटिय क्षेत्रमा सतर्क रहन आग्रह

प्रकाशित मिति :  12 August, 2021 5:41 pm


काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङले राप्ती नदीको तल्लो तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ३ बजे पश्चिम राप्ती नदीको बागासोतीमा रहेको बाढी मापन केन्द्रमा सतर्कता तह पार गरी ६.१ मिटर पुगेको र खतरा तह नजिक पुगेको जनाएको छ ।

निरन्तर वर्षा जारी रहेको र नदीको तल्लो तटिय क्षेत्रमा काठ दाउरा समात्ने,निकाल्ने कार्य अति जोखिमपूर्ण हुने भन्दै यस्तो अवस्थामा नदी किनार क्षेत्रको नजिक नजान समेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !