८ आश्विन २०८१, मंगलबार

लुम्बिनी प्रदेशमा ६ मन्त्रीद्वारा सपथ ग्रहण, मन्त्रिपरिषद् ७ सदस्यीय

प्रकाशित मिति :  12 August, 2021 6:46 pm


रुपन्देही । लुम्बिनी प्रदेशमा ६ जना मन्त्री पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका ६ जना मन्त्रीले सपथ ग्रहण गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

समुन शर्मा,अजय शाही, र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । यससँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।



प्रतिक्रिया दिनुहोस !