साहस उर्जाको आइपीओ बिक्री खुल्ला
काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि आईपिओ बिक्री खुल्ला गरेको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदन दिने मिति छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म रहेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
बिक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सक्नेछन् ।