१२ मंसिर २०८१, बुधबार

हिमालयन डिष्टिलरीको मुनाफा १२२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो ?

प्रकाशित मिति :  13 August, 2021 1:07 pm


काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले गत वर्षमा १२२ प्रतिशत मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष खुद मुनाफामा उछाल ल्याएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक बर्षमा १ अर्ब २३ करोड ६० लाख रुपैयाँमा मात्रै रहेको कम्पनी संचालन मुनाफा गत वर्षको समिक्षा अवधिमा ७२.०१ प्रतिशतले बढेर २ अर्ब १३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ७० लाख रुपैया पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ६ अर्ब ५० करोड ७० लाख रुपैयामा सिमित थियो ।

त्यस्तै, चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ पुगेको यस कम्पनीकोे जगेडा कोषमा १ अर्ब १३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष कम्पनीको जगेडाकोषको आकार ६८.५९ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ २३ पैसाले बढेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ९५ पैसा पुगेको छ बैंकको पीई रेसियो ४५.९६ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !