१२ मंसिर २०८१, बुधबार

मेघा बैंकको खुद मुनाफा ४५ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  13 August, 2021 1:41 pm


काठमाडौं । मेघा बैंकले गत वर्षमा ४५ प्रतिशत खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा ४५ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकले खुद व्याज आम्दानी ३८.९५प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष बैंकले ५ अर्ब ८० करोड ४६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले १ खर्ब ३६ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ४६.३० प्रतिशतले बढेर ३ अर्ब २७ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ३० करोड ५२ लाख रूपैयाँमा मात्रै थियो ।

त्यस्तै, बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ पुगेको भने जगेडा कोषमा ३ अर्ब ८२ करोड ६३ लाख रुपैयाँ सञ्चित छ ।

गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३०.१४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५५ पैसा पुगेको छ बैंकको पीई रेसियो २३.२९ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !