७ माघ २०८१, सोमबार

पोखरामा पहिलो पटक फेवा केयर होम प्रा.लि.को स्थापना

प्रकाशित मिति :  13 August, 2021 4:28 pm


काठमाडौं । पोखरामा पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामीहरुलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उदेश्यले फेवा केयर होम प्रा.लि.को स्थापना भएको छ ।

पोखराका बिभिन्न अस्पतालहरुमा कार्यरत बिशेषज्ञ चिकित्सक, २ दशक बढि नर्शिङ्ग सेवामा काम गरेका मेट्रोन, अनुभवी फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रमा दशकौं लामो समय काम गरेका स्वास्थ्य ब्यवसायी, खाना तथा पोषण बिज्ञ लगायतको संयुक्त पहलमा केयर होमको स्थापना भएको हो ।

बिशेषगरी अस्पताल डिस्चार्ज पछिका बिरामीहरु जसलाई अस्पतालमै भर्ना गरीराख्न पनि आवश्यक छैन र घरमा स्याहार तथा हेरचाहको लागि जटिलता र जोखिम छ त्यस्ता खालका बिरामीहरुलाई उक्त सेन्टरमा राख्ने गरिन्छ । त्यसका साथै टाढा–टाढा बाट उपचारका लागि पोखरामा आउने बिरामीहरु जसलाई उपचार पश्चात नियमित फलोअपमा अस्पताल गईराख्नुपर्ने हुन्छ ।

त्यस्ता बिरामीहरु आउजाउ गरिराख्न खर्च, समय र जोखिम बढी हुने हुदाँ त्यस्ता खालका बिरामीहरुलाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवा समेत प्रवन्ध गर्दै संस्थालाई अगाडी बढाउने प्रा।लिले जानकारी दिएको छ ।

अस्पताल डिस्चार्ज पछि पनि कतिपय बिरामीहरुको अवस्था नाजुक हुने र त्यस्ता बिरामीहरुलाई घरमा लैजाँदा अवस्था अझ बिग्रन सक्ने हुदाँ बिरामिको अवस्था सामान्य हुदाँसम्मको लागि यस सेन्टरमा राख्न सकिन्छ । बिशेषगरी अक्सिजन दिईराख्नुपर्ने, ट्रयाकेस्टोमि, बेड शोर,सेरिब्रल पालेसी तथा नियमित फिजियोथेरापि चाहिने बिरामिहरुले यस सेन्टरमा सेवा लिन सक्ने समेत प्रा.लिले जनाएको छ ।

प्रा.लि. को जानकारी अनुसार त्यहाँ डाक्टरको निगरानीमा २४ सै घण्टा नर्शिङ्ग केयर, कुरुवा बस्न नपर्ने गरी २४ सैं घण्टा केयरगिभर सेवा, फिजियोथेरापि, ल्याब, खाना तथा बस्ने सुबिधा, सम्पूर्ण ब्यक्तिगत सरसफाई तथा स्याहार सेवा, दैनिक डाक्टर हेरचाह लगायतको सेवाहरहेका छन् ।

यी सम्पूर्ण सेवाहरु घरमै लिदाँ बिरामिलाई निकै ठूलो आर्थिक भार नपर्र्ने, जोखिम कम हुने , बिरामीका आफन्तहरुलाई डर तथा शास्ति हुने हुदाँ आर्थिक, सुरक्षा र सहजताका हिसाबले पनि यस संस्था बिरामिहरुको लागि उपयोगि हुने संस्थाका मेडिकल डाईरेक्टर सुदिप रेग्मीले बताए ।

“टाढा–टाढा बाट उपचारका लागि आउने बिरामीहरु अझ नियमित फलोअपमा आईराख्नुपर्ने बिरामीहरुले निकै शास्ति पाईराखेका छन । कतिपय अप्रेसन गरेका बिरामीहरु टाढा–टाढाबाट आउजाउ गर्दा अशह्य पिडा हुने, राम्रो हेरचाह नहुदाँ अप्रेशन गरेको ठाँउमा थप ईन्फेक्सन भई अवस्था थप जटिल बनेका प्रशस्त उदाहरणहरु छन । यस्ता खालका बिरामिहरुलाई यस केयरहोम निकैनै उपयोगी हुनेमा आफुहरु बिश्वस्त रहेको छु ” उनले भने ।

यसका साथै यस केयरहोममा पक्षघात भई पूर्ण तथा आंशिक रुपमा शरीर नचल्ने (प्यारालाईसिस), ज्येष्ठ नागरीक, डिमेन्सिया, पार्केन्सन, बालबालिकाहरुमा हुने अटिजम, अपाङ्गता, स्पोर्ट ईन्जुरी, न्यूरो पूर्नस्थापना,पोष्ट ट्रमा पूर्नस्थापना सेवा लयायत शारीरीक तथा मानशिक दुर्बलता भएका जुनसुकै उमेर समुहका बिरामीहरुले सेवा लिन सक्नेछन । साथै यस फेवा केयरहोमले फिजियोथेरापि सहितको डे केयर सेवा समेत संचालन गरेको छ ।

बिभिन्न स्वास्थ्य समस्याको कारण निगरानि गरिराख्नुपर्ने हुन्छ त्यस्ता खालका बिरामिहरुलाई डे केयरको रुपमा यस केयर होममा राख्न सकिने फिजियोथेरापिस्ट शुभ कोईरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !