७ माघ २०८१, सोमबार

सन्तुलित मौद्रिक नीति, मुद्रास्फीति ६.५ प्रतिशतमा राख्ने लक्ष्य (पूर्ण पाठसहित)

प्रकाशित मिति :  13 August, 2021 5:19 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूले राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सीआरआर), बैंक दर र स्थायी तरलता सुविधा (एसएलआर)मा कुनै परिवर्तन नगरी सन्तुलित मौद्रक नीति जारी गरेको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत् चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट संशोधन/परिमार्जन गर्ने तयारी गरेकाले केन्द्रीय बैंकले प्रमुख मौद्रिक उपकरणहरू यथास्थितिमा राखेको हो ।

सरकारले विस्तारकारी वित्त नीति लिएको अवस्थामा राष्ट्र बैंकले कठोर रुझानको मौद्रिक नीति लिनु पर्नेमा बजेटमा संशोधन हुने संकेतसँगै सन्तुलित रुझानको मौद्रिक नीति जारी गरिएको हो । मौद्रिक नीतिले चालू आर्थिक वर्ष २०७७/७८ मा मुद्रास्फीति केही बढे पनि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य निर्धारण गरेको छ ।

आफ्नै विद्युतीय मुद्रा!

नेपाल राष्ट्र बैंकले विद्युतिय मुद्राको प्रयोग र सम्भाव्यता अध्ययन गर्ने भएको मौद्रिक नीतिमा उल्लेख छ । “विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिनेछ,” नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने ।

अपाङ्गता भएका व्यक्तिका लागि बैंकिङ

अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहमा निश्चित संख्या भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा एक शाखा र एटिएम लाउञ्ज भएका स्थानमा एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरिनेछ मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिको पूर्ण पाठ



प्रतिक्रिया दिनुहोस !