२७ फाल्गुन २०८१, मंगलबार

विश्व बैंकको वित्तीय सहयोगमा मोडर्नाको चालीस लाख मात्रा खोप किन्ने सरकारको सम्झौता

प्रकाशित मिति :  13 August, 2021 5:20 pm


काठमाण्डौं । नेपालले कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोडर्ना खोपको ४० लाख मात्रा खरिद गर्न सम्झौता गरेको छ । गाभि सम्झौता गर्ने देश नेपाल दोस्रो बनेको हो ।

यो सम्झौतासँगै नेपालको कोभिड–१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

“कोभ्याक्स “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु” स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भनेका छन् ।

मोडर्ना खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रु गति दिन समेत सघाउने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् ।

यी खोपहरू नेपालमा सन् २०२२को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ । नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्न यो सम्झौताले सघाउन राज्यमन्त्री श्रेष्ठको विश्वास छ ।

“कोभ्याक्स “ कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौ ” माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताए । साथै उनले यो सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको र यसले नेपालको आपत्कालीन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १० करोड ४० लाख अमेरिकी डलर बराबरको उपलब्ध गराईसकेको विश्व बैंकले एक विज्ञप्ति गरी जनाएको छ । यो रकमबाट कोभिड–१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि ६ करोड ७५ लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।

अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याइएको थियो । सातै वटा प्रदेशहरूमा स्थापना गरिन अक्सिजन जेनेरेटर प्लान्ट ल्याइएको थियो ।

कोभ्याक्ससँगको लागत–साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो देश बनेकोमा विश्व बैंकका लागि दक्षिण एसियाका भाइस प्रेसिडेन्ट हार्टविग सेफरले नेपालको प्रशंसा गरेका छन् ।

कोभिड–१९का खोपहरूले निम्न दुई न्युनतम योग्यताहरू हासिल गरेको हुनुपर्ने छ ।पहिलो कोभ्याक्स सुविधा मार्फत खरिद वा आपूर्ति गर्नका लागि विश्व स्वास्थ्य संगठनले पहिचान गरेका कम्तीमा एउटा नियामक निकायद्वारा नियमित वा आपत्कालीन प्रयोगको लागि अनुमति प्रदान गरेको हुनुपर्नेछ ।

यसैगरी दोस्रो वश्व स्वास्थ्य संगठन द्वारा पुर्वीयोग्यता प्रदान गरेको वा आपत्कालीन प्रयोगको लागि सुचीकृत गरिएको हुनुपर्ने प्रावधान अन्तर्गत मोर्डना खोपले यी दुवै योग्यता हासिल गरिरकेको विश्व बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !