८ मंसिर २०८१, शनिबार

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रकाशित मिति :  6 February, 2020 10:05 pm


काठमाडौं ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ५ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा माघ २३ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरे ।

नेपाल सरकार माननीय मन्त्रिस्तरको यही माघ २२ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत पदोन्नती भएका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो समारोहमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै उनीहरुको पदोन्नती गरिएको बताए ।

उनले अनुशासन तथा ईमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दे आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्वार कार्यमा सकृय रहन निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन आ–आफ्नो तहबाट सवैले योगदान पु¥याउनु पर्ने बताउनुहुँदै बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको स्मरण समेत गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनुपर्ने बताउनुहुँदै आम नागरिकलाई समान सेवा भावले सशस्त्र प्रहरी बल नेपालको सेवा सुरक्षा प्रदान गर्दै सकारात्मक सोचकासाथ संगठनको लक्ष्य प्राप्तीतर्फ उन्मुख रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्नुहुँदै जनचाहाना अनुरुपको कार्यशैली अपनाई व्यावसायिक रुपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल तथा एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !