५ आश्विन २०८१, शनिबार

तालिवान बिद्रोही काबुलतिर अगाडि बढ्दै,अमेरिकी दूतावासद्वारा संवेदनशील कागजात नष्ट गर्न सुरु

तालिवानले राजधानी काबुललाई एक हप्ताभित्र र सम्भवत  ७२ घण्टाभित्र एक्लाउने छ
प्रकाशित मिति :  14 August, 2021 1:03 pm


काठमाडौं । तालिवान व्रिद्रोहीले हिजो अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमाथि कब्जा गरेर प्रान्तीय राजधानी फूल–ए–आलममा प्रवेश गरेका छन् ।

यससँगै अब तालिवान बिद्रोही राजधानी काबुलबाट ५० किलोमिटर मात्रै टाढा रहेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिवानले कान्दाहार कब्जालाई ठूलो सफलता मानेका छन् र अब काबुल पुग्न उनीहरूका लागि २ घण्टाको दुरी मात्रै बाँकी छ । तालिवान लडाकुहरू लगातार राजधानी काबुलतिर अगाडि बढिरहेका छन् ।

तालिवानले थप आक्रमकता अपनाएलगत्तै काबुलमा आतंक फैलिएको छ । उनीहरूलाई अन्योल छ कि केही घण्टाभित्र के हुन्छ ? अफगानिस्तानका नागरिकको सबैभन्दा अन्तिम सुरक्षित स्थान हो जहाँ उनीहरूको ज्यान बच्न सक्छ ।

तालिवानहरूले यसअघि नै महत्वपूर्ण प्रान्त हेरात कब्जा गरिसकेका छन् ।

हेरात र कान्दाहारका बासिन्दाहरू आश्चर्यमा छन् कि अफगानिस्तानका दुइ ठूला शहरहरू एक हप्ताभित्रै कसरी कब्जा गर्न सके । अलजजिराका अनुसार एक महिलाले भनिन् कि “सरकारको कुनै प्रतिरोध थिएन, उनीहरूले हामीलाई बेचे ।”

तालिवानले महत्वपूर्ण ठाउँहरू कब्जा गर्दै गइसकेका छन् तर राष्ट्रपति असरफ घानी लगायत कुनै सरकारी अधिकारीले यो विषय स्वीकार गरेका छैनन् ।

अफगानिस्तानमा रहेको अमेरिकी दूतावासले संवेदनशील र दुरुपयोग हुन सक्ने सामग्री नष्ट गर्न सुरु गरेको छ । अमेरिकी दूतावासले कर्मचारीहरुलाई संवेदनशील सामग्रीका साथै प्रचारमा दुरुपयोग हुन सक्ने वस्तुहरु नष्ट गर्न निर्देशन दिइरहेको छ।

कान्धारको कब्जासँगै अमेरिकी दूतावासले सतर्कता बढाएको हो । अमेरीकी खुपिया एजेन्सीका अनुसार तालिवानले राजधानी काबुललाई एक हप्ताभित्र र सम्भवत  ७२ घण्टाभित्र एक्लाउने छ ।



प्रतिक्रिया दिनुहोस !