७ माघ २०८१, सोमबार

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, कतिलाई पर्‍यो ?

प्रकाशित मिति :  14 August, 2021 1:23 pm


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट गरिएको छ ।

साउन २० गतेदेखि २४ गतेसम्म निष्कासन गरेको सेयर आज बाँडफाँट गरेको हो । गोलाप्रथाबाट गरिएको सेयर न्यूनतम १० कित्ताको दरले वितरण भएको छ ।

जसअनुसार ५ लाख ४० हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन् । साढे १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ।
साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ जारी गरेको थियो ।

आइपिओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। त्यसमध्ये एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएका छन्।

२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरू गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ।

आब ०७७र७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रूपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा अनुमान छ।



प्रतिक्रिया दिनुहोस !