१० माघ २०८१, बिहिबार

बैंकिङ कसुरका अभियुक्त पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याइयो

१० मुद्दामा दोषी, १६ मुद्दा विचाराधिन
प्रकाशित मिति :  14 August, 2021 5:14 pm


काठमाडौं । नेपालमा बैंकिङ कसुर तथा लिखत सम्बन्धि कसुरमा संलग्न एक नेपालीलाई पोर्चुगलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँ पालिका २ का ४३ वर्षीय केदार ढुंगाना रहेका छन् ।

उनीमाथि २ करोड ७१ लाख ७६ हजार रकम हिनामिना गरेको अभियोग छ । नेपाल प्रहरीले इन्टरपोलको सहायतालाई उनलाई शनिबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

देवः विकास बैंक लिमिटेडको विभिन्न शाखा कार्यालयहरुमा विभिन्न सवारी साधनहरु सुरक्षण बापत बैंकको नाममा पास गरी सो रकम लिएको प्रहरीले जनाएको छ । यातायात कार्यालयमा खबर गर्दा बैंको नामा गाडि नभएको खुलेपछि उनीमाथि मुद्दा चलाइएको हो ।

ढुंगानाले सवारी साधन कर्जा लिने प्रयोजनको लागि बैंकमा पेश गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरु कीर्ते ९नक्कली० लगायतको कसुरमा काठमाडौं जिल्ला अदालतमा ५ वटा मुद्दा र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दायर भएको थियो ।

उनले ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला भई ढुंगाना समेतका कसूरमा संलग्न प्रतिवादीहरुलाई प्रत्येक मुद्दामा १ वर्ष कैद र रु ७० सत्तरी हजार जरिवाना हुने ठहरी मिति २०७७/०९/२० गते फैसला भएकोमा सो अनुसार कैद र जरिवाना भुक्तान गरेका छैनन् ।

ढुंगानाका लिखत सम्बन्धी कसूरमा ५ वटा मुद्दार उच्च अदालत, पाटन, ललितपुरमा दायर भएका छन् भने बैंकिङ कसूर सम्बन्धी १६ वटा मुद्दा विचाराधीन रहेका छन् ।

ढुगानालाई प्रहरीले २०७५ माघ ४ गतेदेखि खोजी गरिरहेको थियो । पोर्चुगलमा स्थायी वासिन्दाको लागि आवेदन दिएको खबर आएपछि गत वर्ष जेठ १६ गते प्रहरीले इन्टरपोलको सहयोगले खोजी कार्य अगाडि बढाएको हो । ढुंगानालाई आइतबार नै ललितपुर जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरिने प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !