५ आश्विन २०८१, शनिबार

तालिबान विद्रोहीद्वारा जलालाबाद पनि कब्जा,काबुल थप घेराबन्दीमा

प्रकाशित मिति :  15 August, 2021 11:17 am


काठमाडौं । तालिबानी विद्रोहीले अफगानिस्तानको जलालाबादलाई बिना लडाइँ आज आफ्नो नियन्त्रणमा लिएका छन् ।

यससँगै राजधानी काबुलबाहिर सरकारी नियन्त्रण रहेका मुख्य शहरलाई तालिबानले कब्जा गरेको छ ।

जलालाबाद कब्जासँगै काबुल पूर्वी क्षेत्रबाट सम्पर्क विच्छेद भएको छ भने तालिबान बिद्रोहीले आफ्नो नियन्त्रणलाई थप बलियो बनाएको छ ।
जलालाबाद पाकिस्तानको सीमा नजिक रहेको महत्वपूर्ण शहर हो ।

समाचार संस्था एपीका अनुसार अफगानिस्तानमा रहेका ३४ प्रान्त मध्ये अब सात प्रान्तमात्रै सरकारको नियन्त्रणमा छन् तर तालिबानले आफ्नो आक्रमणलाई तिब्र बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !