५ आश्विन २०८१, शनिबार

कोरानाको पहिलो नाके खोपको क्लिनिकल परीक्षण दोस्रो चरणमा

प्रकाशित मिति :  15 August, 2021 12:54 pm


काठमाडौ । नाकमा दिइने कोरोनाभाइरस विरूद्धको पहिलो नाके खोपको क्लिनिकल परीक्षण दोस्रो चरण सुरु भएको छ ।

भारत बायोटेकले विकास गरेको यो नाके खोपको दोस्रो चरणको क्लिनिकल परीक्षणको अनुमति प्राप्त गरिसकेको जैविकप्रवधि विभाग(बायोटेक्नोलोजि डिपार्टमेन्ट)ले जनाएको छ ।

१८ देखि ६० वर्ष उमेर समूहका मानिसहरूमा यसको पहिलो क्लिनिकल परीक्षण पूरा भइसकेको जैविक प्रविधि विभागले जनाएको छ ।

बायोटेक्नोलोजि डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमाा भनेको छ “ भारत बायोटेकको नाके खोप पहिलो नाके खोप हो र यसको दोस्रो चरणको परीक्षण नियामक निकायबाट अनुमोदन प्राप्त भएको छ ।”

नाकमा दिइने कोरानाभाइरसको खोपको विकासका लागि चिम्पान्जीको एडेनोभाइरस सार्स कोभ टु भेक्टरको उपयोग गरिएको छ ।

विभागले पहिलो चरणको क्लिनिकल परीक्षणमा खोपको मात्रा स्वस्थ्य स्वयमसेवकहरूमा दिइएको थियो । कुनै प्रतिकूल अवस्था पहिलो चरणको परीक्षणमा देखिएन ।



प्रतिक्रिया दिनुहोस !