५ आश्विन २०८१, शनिबार

तालिबानी विद्रोहीहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न सुरु

प्रकाशित मिति :  15 August, 2021 2:54 pm


काठमाडौं । अफगानिस्तानी सरकारलाई शान्तिपूर्ण आत्मसमर्पण गराउन वार्ता सुरु गरेको दाबी गर्दै तालिबानी लडाकुले राजधानी काबुल कब्जा गर्न अगाडि बढेका छन् ।

अफगानिस्तानी गृहमन्त्रालयले काबुलका चारैतिरबाट तलिबानीहरू अगाडि बढिरहेको जनाएको छ । आइतबार बिहानसम्म काबुल बाहेकका सबै प्रमुख शहर कब्जामा लिएका तलिबानहरूले राजधानी छिरेका हुन् । अफगानी राष्ट्रपति असरफ घानीलाई अफगानी सेनाले घेराहाली सुरक्षा दिइरहेका छन् ।

अफगानी अधिकारीहरूले एपीलाई जनाए अनुसार काबुल बाहिरका कालाकान,काराबाग, र पगमान जिल्लाहरूमा लडाकुहरूले घेरा हारी बसेका छन् ।

तलिबानले राजधानीमा कुनै पनि रक्तपात नगर्ने आफ्ना लडाकुहरूलाई निर्देश गरिसकेको छ । जो राजधानी बाहिर निस्कन चाहन्छ उनीहरूलाई सुरक्षित निकास दिन लडाकुहरूलाई भनिएको छ ।

तलिबान समूहले विज्ञप्तिमा राजधानीलाई बलपूर्वक कब्जामाा लिन आफूहरूको कुनै योजना नरहेको जनाएको छ ।

तलिबान लडाकुहरूलाई काबुलका सबै निकासमा नियन्त्रण गरी बस्न भनिएको छ । कतारको राजधानी दोहामा तलिबानका कमान्डरहरू वार्तामा बसिरहेका छन् । कतारका वार्ताकारहरूले राजधानीमा कसैलाई लडाकुहरूले नमारेको वा घाइते नबनाएको जनाएको रोयर्टर्सले उल्लेख गरेको छ ।

तलिबानले अफगानी सरकारलाई शान्तिपूर्ण आत्मसमर्पण गराउन वार्ताको बाटो अंगीकार गरिएको जनाए पनि राष्ट्रपति घानीको कार्यालयबाट केही जनाएको छैनन् ।

राजधानीमा गोली हानाहानको कुनै आवाज नसुनिएकाो अधिकारीहरूले जनाएका छन् । काबुल विश्वविद्यालयमा नियन्त्रण लिएका तालिबानहरूले झण्डा फहराएका छन् ।

अफगानी सरकारले काबुलको स्थिति आफ्नो नियन्त्रणमा जनाएपनि काबुलमा तलिबानलाई प्रवेश गर्न रोक्न नसकेको देखिएको छ ।

अफगानी सरकारलाई सहयोग गर्नेलाई माफी दिइने तलिबानीहरूले भनिरहेको भिडियो फुटेज सार्वजनिक भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !