५ आश्विन २०८१, शनिबार

अफगानिस्तानको अन्तरिम सरकारका प्रमुख अलि अहमद जलाली हुने चर्चा

प्रकाशित मिति :  15 August, 2021 4:06 pm


काठमाडौ । अफगानिस्तानको अन्तरिम सरकारका प्रमुख अलि अहमद जलालीले गर्ने भएका छन् ।

विभिन्न स्रोतहरूले अफगानिस्तान राष्ट्रपति कार्यालयमा भइरहेको सत्ता हस्तान्तरण सम्बन्धी राजनीतिक वार्तामा सहभागी स्रोतहरूका अनुसार नयाँ अन्तरिम सरकार प्रमुख जलाली हुने समाचार खामा डटकमले जनाएको हो ।

उच्चस्तरीय राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्लाले यो राजनीतिक प्रक्रियामा मध्यस्थता गरिरहेका छन् ।

अमेरिकाले सेना फिर्ता गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनसँग अफगानिस्तानी राष्ट्रपति असरफ गानीसँग अब्दुल्ला अब्दुल्ला ह्वाइट हाउस पुगेका थिए ।

ठिक यही बेला आन्तरिक मामिला र विदेश मामिलाका कार्यवाहक मन्त्रीहरूले अन्तराष्ट्रिय सहयोगीसँगको सहयोगमा काबुलको जनतालाई सुरक्षित तथा संरक्षण गर्ने कार्यमा लागिएको छुट्टाछुट्टै भिडियो क्लिप सार्वजनिक गरिएको छ ।

यसअघि तलिबानले विज्ञप्ति जारी गरी काबुलका बासिन्दाहरूलाई नडराउन आग्रह गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणको कार्य भइरहेको जनाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !