१० माघ २०८१, बिहिबार

अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  16 August, 2021 12:02 pm


काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो सकुशल उद्धार गर्ने निर्णय गरेको हो । ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने’ निर्णय भएको जानकारी दिए ।

तालिबान बिद्रोहीले हिजो सत्ता कब्जा गरेका छन् भने अफगानी राष्टपतिले देश छोडेका छन् ।

अफगानमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै विभिन्न देशले आफ्नो नागरिक उद्दार गरिरहेका छन् । नेपाल सरकारलेपनि सम्पर्कमा आउन आग्रह गर्दै उद्धारको पहल गर्न समिति गठन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !