राती ढिला भोजन गर्दा शरिरलाई नोक्सान
सहिसमयमा भोजन गर्यो भने शरिरलाई फाइदा हुन्छ तर गलत समयमा भोजन गर्यो भने त्यतिनै नोक्सान पनि हुन्छ । राती ढिला भोजन गर्यो भने शरिरमा धेरै रोगको खतरा बढ्छ । रिसर्चका अनुसार रातीको खाना सुत्नुभन्दा ३ घण्टा पहिले खानुपर्दछ । सुत्नुभन्दा ३ घण्टा अगाडी भोजन गर्यो भने सहि तरिकाले खाना पच्दछ ।
ढिलो भोजन गर्दा हुने ५ खतरा
मोटोपनको खतरा
राती ढिला सुत्ने समयमा खाना खायो भने मोटोपनको खतरा बढ्छ । यसले शरिरमा लामो समयसम्म अतिरित्त क्यालोरी एकत्रित रहन्छ जुन प्mयाटको रुपमा जम्मा भएर रहन्छ ।
ब्लड प्रेसर, डायबिटिज, मुटुरोगको खतरा
युनिभर्सिटि अफ पेन्सिलवेनियामा भएको अनुसन्धानका अनुसार राती ढिलो भोजन गर्नाले ब्लड प्रेसर र डायबिटिजको खतरा बढ्छ । जसले गर्दा शरीरमा ग्लुकोजको मात्रा र रगतमा प्mयाट् बढाउँछ । जस अनुसार मुटुरोगको खतरा हुन्छ ।
स्मरण शक्तिमा असर
क्यालिर्फोनिया विश्वविद्यालयमा बैज्ञानिकले मुसामा गरेको अनुसन्धानमा मुसामा सुत्नुभन्दा अगाडी भोजन गराउँदा स्मरण शक्ति र सिक्ने क्षमता प्रभावित भएको थियो ।
खाना खाने बानी बिग्रन्छ
राती ढिलो भोजन गर्नाले इटिङ डिस अर्डर हुने आशंका बढ्छ । प्राय, यो थकानको कारण हुन्छ । थकानका कारण चाँडो पेट भर्ने भोजन गर्दछन् जसले गर्दा समस्या आउँदछ ।
पाचन प्रणालीमा समस्या बढ्ने र पोषणको कमि
रातीको समय शारीरिक गतिविधि कम हुने भएकाले शरीरको भोजन पचाउन समस्या हुन्छ । यसकारण शरीरमा सहि न्युट्रिशन मिल्दैन र बिरामी हुने खतरा बढ्दछ ।