नबिल बैंकको खुद मुनाफा साढे ४ अर्ब माथि पुग्यो, सबै सूचकमा उछाल
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७७ ७८मा खुद मुनाफा ३० प्रतिशतले बढाएको छ । बैंकले आज सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षमा खुद मुनाफामा ३० प्रतिशत वृद्धि भएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा सिमित रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ३६ प्रतिशतले बढेको छ ।
समिक्षा अवधीमा बैंकले २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.९८ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.७८ प्रतिशतमा पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्षमा ७ अर्ब ७२ करोड ७० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । थियो जुन १०.६४ प्रतिशतले बढि हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ५ अर्ब ९ करोड ३० लाख रूपैयाँमा सिमित रहेका बैंक संचालन मुनाफा समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २६.३५ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड ५१ शजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १९ अर्ब ४८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार १९ अर्ब ८ करोड ६ लाख रुपैयाँमा सीमित थियो ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५४ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेको छ ।
अघिल्लो बर्षको मुनाफाबाट बैंकले mगानीकर्ताहरुलाई ३७.११ प्रतिशत बोनश सेयर वितरण गरेका कारण कम्पनीको सेयर संख्या बृद्धि हुदा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । त्यस्र्त बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा पुगेको छ बैंकको पीई रेसियो ४०.६९ गुणा रहेको छ ।