दाँत देखाएर मोबाइल अनलक गर्न सकिने
प्रकाशित मिति : 17 August, 2021 12:48 pm
काठमाडाैं ।
मोबाइल अब अनुहारले मात्र नभई दाँतले पनि अनलक हुने भएको छ । भारतको बिडला इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड साइन्सले (बिड्स) दाँतले अनलक हुने मोबाइल एप्लिकेसन बनाएको छ ।
अब मोबाइल अनलक गर्न अनुहारले मात्र नभई दाँत देखाएर पनि गर्न सकिने भएको हो । बिड्सका अनुसार यस एप्सले मोबाइल क्यामेराको प्रयोग गरेर बायोमेट्रिक नमुना लिएर अनुहार र दाँतको रेकर्ड गर्दछ ।
अनुसन्धानकर्ताहरुले यस अध्ययनको नाम डिपटिथ राखेका थिए । यो एप्सको बारेमा बिडला बिड्सले बताएको छ कि एप्समा धेरै मार्कर छन् जुन मान्छेको दाँत पहिचान गरेर मोबाइल अनलक हुन्छ । एप्स बनाउने समुहका अनुसार यो सबै मोबाइलमा काम गर्ने पहिलो टेक्नोलोजी हो ।