८ आश्विन २०८१, मंगलबार

सरकारले ल्यायो दल विभाजन सम्बन्धी अध्यादेश

प्रकाशित मिति :  17 August, 2021 3:58 pm


फाइल फोटो

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कुनै दलको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

यसअघि केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत पुराउनुपर्ने व्यवस्था थियो । यसले नेकपा एमाले र जनता समाजवादीका असन्तुष्ट पक्षलाई सजिलो भएको छ । एमाले भित्र माधव नेपाल पक्षलाई पार्टी फुटाउन ४० प्रतिशत नपुग्ने अवस्था बनेको थियो ।

सत्तारुढ गठबन्धनमा भएरपनि नेपाल पक्ष सरकारमा सहभागि बन्ने अवस्था बनेको छैन । नेपाल पक्ष तयार नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् समेत विस्तार गर्न सकेका छैनन् ।

सत्तारुढ स्रोतका अनुसार माधव नेपाल पक्षका कारण अनिर्णयका बन्दी बन्ने अवस्था आएपछि अध्यादेश ल्याइएको हो । सत्तारुढ दलका एक नेताले भने, “अगाडि बढ्न नसक्ने अवस्था आएपछि अध्यादेश ल्याउनैपर्ने भयो ।”



प्रतिक्रिया दिनुहोस !