एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि ५० को लाभांश दिने घोषणा
प्रकाशित मिति : 17 August, 2021 1:45 pm
काठमाडौं । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि ५० को प्रतिफल दिने घोषणा गरिएको छ ।
योजना व्यवस्थापकको साउन ३२ गते सम्पन्न भएको १०३ औं बैठकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट योजनाका इकाईधनीलाई लाभांश प्रस्ताव गरिएको हो ।
बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीलाई कर सहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीलाई ३० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेको छ ।