५ आश्विन २०८१, शनिबार

अफगानिस्तान युद्धमा अमेरिकी खर्च २२ खर्ब ६० अर्ब अमेरिकी डलर बढी

प्रकाशित मिति :  17 August, 2021 3:14 pm


काठमाडौं । अमेरिकाले दुई दशकमा अफगानिस्तान युद्धमा अहिलेसम्म २२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको रकम खर्च गरेको छ ।

यो खर्चमा अफगानिस्तान र पाकिस्तानमा भएको सञ्चालन खर्च समेत जोडिएको छ । तर यो खर्चमा अमरिकी योद्धाहरूलाई आजीवन दिइइन खर्च स्वास्थ्य उपचार आदि जोडिएको छ । यो खर्चका लागि लिइएको ऋणमा जोडिने ब्याज भुक्तानी पनि जोडिएको छैन् ।

यो युद्धामा २ लाख ४१ हजारको मृत्यु भएको अनुमान गरिएको छ । यो मृत्युमा युद्धको अप्रत्यक्षकारणले हुने रोगबाट हुने मृत्यु जोडिएको छैन् ।
यो खर्चको अनुमान वाटसन युनिभर्सिटीले गरेको छ ।

सो युनिभर्सिटीले जारी गरेको तालिका अनुसार रक्षामन्त्रालयको देश बाहिरको युद्ध बजेट ९खर्ब ३३ अर्ब अमेरिकी डलर, विदेश मन्त्रालयको युद्ध खर्च ५९ अर्ब अमेरिकी डलर, रक्षामन्त्री आधार युद्ध बजेट बृद्धि ४ खर्ब ४३ अर्ब अमेरिकी डलर, अफगान युद्धका योद्धाको हेरचाह गर्ने खर्च २ खर्ब ९६ अर्ब अमेरिकी डलर र युद्ध खर्च ऋण ब्याज खर्च ५ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको खर्च रहेको छ ।
यो खर्च २००१ देखि २०२१सम्मको आकलन गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !