५ आश्विन २०८१, शनिबार

तालिबानले महिलालाई सामेल गराएर सरकार बनाउने

प्रकाशित मिति :  17 August, 2021 3:19 pm


काठमाडौं । तालिबानले अब बन्ने सरकारमा महिलालाई सामेल हुन जोड दिएको छ । अफगानिस्तानमा कब्जा जमाएपछि तालिबानले नयाँ सरकारबारे आफ्नो धारणा राखेको हो ।

तालिबानको संस्कृतिक समितिका सदस्य इनामुल्लाह समानगानीले भनेका छन् । यद्यपि इस्लामिक कानुन अनुसार महिलाहरु सरकारमा सामेल हुनुपर्ने बताउँदै उनिहरुले ‘इस्लामिक इमिरेट्सले महिला पीडित होउन् भन्ने चाहँदैन’, भने ।

‘अहिलेसम्म सरकारको संरचना पूर्णरुपमा स्पष्ट हुन सकेको छैन तर अनुभवको आधारमा सरकार पूर्णरुपमा इस्लामिक नेतृत्वको हुनेछ र सबै पक्षहरु त्यसमा समावेश हुनेछन्’, समानगानीले थपेका छन् ।

यसैबीच तालिबानले आफ्ना लडाकुलाई आधिकारिक निर्देशिका जारी गर्दै मानिसहरुको घरमा नछिर्न निर्देशन दिएको छ । तालिबानको सैन्य समितिका प्रमुख मुल्लाह याकूबले कसैलाई पनि मानिसहरुको घरमा छिर्ने अनुमति नभएको बताएका छन् । विशेषगरी काबुल सहरमा यस्तो काम नगर्न उनले सुझाएका छन् ।

यसअघि काबुल सहरमा तालिबानका लडाकुहरु मानिसको घरमा छिरेको अस्पष्ट समाचार आएसँगै तालिबानले यस्तो वक्तव्य जारी गरेको हो । तालिबानले सबै सरकारी अधिकारीलाई आममाफीको निर्णय गर्दै सबै सरकारी कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !