८ आश्विन २०८१, मंगलबार

पार्टी पुनर्गठन गर्ने नेता नेपालको घोषणा

प्रकाशित मिति :  17 August, 2021 6:06 pm


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पुर्नगठन गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षले सांसदबाट समेत हटाउन आज संसद सचिवालयमा पत्र पठाएपछि नेता नेपालले पार्टी पुर्नगठन गर्ने घोषणा गरेका हुन् ।

यससँगै नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । नेता नेपालले आजपनि पार्टी एकता कायम राख्न अन्तिम प्रयास गरेको तर आफूहरूलाई कारबाही गरिएको भन्दै नयाँ पार्टी बनाउने बताएका हुन् ।

उनले अहिले अन्य पार्टीसँग एकताको तत्काल कुनै सम्भावना नरहेको भन्दै सहकार्य भने जारी रहने बताएका छन् । काठमाडौंमा पत्रकारहरुसँग आफ्ना धारणा सार्वजनिक गर्दै नेता नेपालले केपी ओलीले आफूहरूका कुनै कुरा सुन्न तयार नभएको बताए ।

उनले भने,“अन्तिम अवस्थामा पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेका छौं, आन्दोलन झण्डा, राष्ट्रिय स्वाधिनताको झण्डा बुलन्द बनाइने छ, समाजवादको आन्दालन थप बुलन्द बनाईने छ, अरुपार्टीसँग एकताको सम्भावना छैन । सहकार्य जारी राख्ने छौं ।”

नेता नेपालले उत्साहित भएर संगठन निर्माणलाई तिब्र बनाउन आग्रह समेत गरेका छन् । नेता नेपालले नयाँ पार्टी बनेपनि एकताका लागि भने सधै ढोका खुल्ला हुने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !