९ कार्तिक २०८१, शुक्रबार

सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

प्रकाशित मिति :  8 February, 2020 8:02 am


कठमाडौं । शनिबार मध्यराति सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण भएको छ । अज्ञात समूहले तिपेनीमा रहेको प्रहरी चौकीमा अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुई प्रहरी घाइते भएका छन् । अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् ।
शनिबार राति १ बजेको समयमा १०/१२ वटा मोटरसाइकलमा आएका समूहले एक्कासि प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए ।

प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो । आक्रमणमा संलग्गन मध्ये एक जना र दुई मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप मदत तिपेनीमा गएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राती नै घटनास्थलमा पुगेका छन् ।

प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान शुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !