८ आश्विन २०८१, मंगलबार

ठाकुरले दर्ता गरे नयाँ पार्टी, नाम-जसपा नेपाल (लोकतान्त्रिक), चुनाव चिन्ह- साइकल

प्रकाशित मिति :  18 August, 2021 4:16 pm


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी ,नेपाल (लोकतान्त्रिक) नामक नयाँ पार्टी दर्ता गराएका छन् । पार्टीकाे चुनाव चिन्ह साइकल रहने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि ठाकुरले पार्टी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सदनमा मतदान गरेका ठाकुर र नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको गुण तिर्न उनीहरूलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याइ दिएका हुन्।

देउवाले सिफारिस गरेको सो अध्यादेशमा राष्ट्रपतिले हस्ताक्षर गरी कानुन बनाइ दिएपछि ठाकुरले पार्टी दर्ता गर्ने बाटाे खुलेकाे हाे ।

ठाकुर निकट पार्टीका नेताले आफूहरूसँग संसदमा र केन्द्रीय समितिमा ३३ प्रतिशतको हाराहारीमा बहुमत रहेको जनाएका छन् । सोही बहुमतको आधारमा पार्टी दर्ता गराइएको हो ।

सम्बन्धित समाचारः 

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

एक अध्यादेशले एकै दिन दुई पार्टी दर्ताकाे बाटाे खाेल्दै

 

 



प्रतिक्रिया दिनुहोस !