५ आश्विन २०८१, शनिबार

धनीले समाजका लागि बढी योगदान दिनुपर्नेमा चिनियाँ राष्ट्रपतिको जाेड

प्रकाशित मिति :  18 August, 2021 4:33 pm


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले साझा सम्पत्तिका बारेमा विचार व्यक्त गरेका छन् । उनले सम्पत्तिमा साझा समृद्धिमा जाेड दिएका छन् ।

अत्यधिक आम्दानीहरूको उचित समायोजन गर्न र उच्च आम्दानी गर्ने समूह तथा व्यवसायलाई समाजका लागि बढी प्रतिफल दिन पर्ने आह्वान राष्ट्रपति सीले गरेको पिपुल्स डेलीले उल्लेख गरेको सीएनबीसीले जनाएको छ । यो बैठकमा सहभागी व्यक्तिले जनाए अनुसार आगामी समयमा समान वितरणको क्षेत्रमा प्रगति हुनेछ ।

सरकार व्यवहारिक हुनुपर्ने बताउँदै द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका प्रमुख अर्थशास्त्री युइ सुले भनिन् , “उच्च आम्दानी समूह र पुँजीप्रतिफलमा कर बढाउँदा यसले लगानी र पुँजी प्रवाहमा कटौती हुने विषयलाई चिनियाँ सरकारले बिर्सन हुँदैन् ।”

पेरिस स्कूल अफ इकोनोमिक्सका प्रोफेसर थमस पिकेटीले सन् २०१९ मा सार्वजनिक गरेको डेटा अनुसार १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा विगत दशकहरूमा आम्दानी असमानता बढेको देखिएको छ ।

सन् २०१५ मा राष्ट्रिय आम्दानीको ४१ प्रतिशत आय १० प्रतिशतको हातमा रहेको थियो । जबकी १९७० को अन्त्यतिर यो हिस्सा २७ प्रतिशत जनसंख्याको हातमा थियो ।

ठिक यही बेला सन् १९७८ मा न्यून आम्दानी गर्नेहरूको जनसंख्या २७ प्रतिशतबाट झरेर १५ प्रतिशत रहेको देखिएको छ । गत वर्ष चीनले चरम गरिबी निर्मूल भएको घोषणा गरेको थियो ।

सीले भने , “वित्त आधुनिक अर्थतन्त्रको चुरो कुरो हो । यससँग विकास र सुरक्षा बाँधिन्छ । बजारीकरणका सिद्धान्तहरू र विधिको शासनलाई प्रवाहित गर्नै पर्छ र प्रमुख वित्तीय जोखिमको रोकथाम तथा समाधानका लागि समन्वय गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस !