८ आश्विन २०८१, मंगलबार

अन्ततः नेकपा एमाले विभाजित, माधव नेपालको नेतृत्वमा दल दर्ताको लागि आयोगमा निवेदन

प्रकाशित मिति :  18 August, 2021 4:31 pm


काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमाले अन्ततः विभाजन भएको छ । विभाजन भएको नेकपा एमाले माधव पक्षले आजै निर्वाचन आयोगमा गएर दल दर्ताका लागि निवेदन दिएका छन् ।

नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए ।

विभाजित भएपछि माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी नाम राखिएको छ भने पार्टीको चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।



प्रतिक्रिया दिनुहोस !