५ आश्विन २०८१, शनिबार

भारतीय सर्वोच्च अदालतले पहिलो महिला प्रधानन्यायाधीश पाउने सम्भावना

प्रकाशित मिति :  18 August, 2021 5:20 pm


काठमाडौ । भारतको सर्वोच्च अदालतले पहिलो महिला प्रधानन्यायाधीश पाउने सम्भावना बढेको छ ।

न्यायाधीश बीभी नागरत्ना पहिलो महिला प्रधानन्यायाधीश बन्न्ने लाइनमा परेकी छिन् । उनी २०२७मा प्रमुख न्यायाधीश बन्ने छिन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रामना नेतृत्वको ९ सदस्यी सिफारिस समितिले महिला न्यायाधीश नागरत्नाको नाम समावेश गरेको हो ।

न्यायाधीश नागरत्ना हाल कर्नाटक उच्च अदालतमा कार्यरत रहेकी छिन् । अतिरिक्त न्यायाधीशको रूपमा उनी सन्२००८मा कर्नातक उच्च अदालतमा नियुक्त भएकी थिइन् ।त्यसको दुई वर्ष पछि उनी स्थायी भइन् । उनको कार्यकाल एक महिने हुने छ । यो एक महिने कार्यकाल भारतका न्यायालयका लागि एक ऐतिहासिक समय हुनेछ । उनका पिता इएस बेंकटारमैया जुन १९८९देखि डिसेम्बर १९८९सम्म सर्वोच्चका न्यायाधीश भएका थिए ।

न्यायाधीश नागरत्नाले हालै एक सुनुवाईको क्रममा भनेकी थिइन“ भारतक एक पितृसत्तात्मक समाज हो उसलाई महिला सशक्तिकृत महिलासँग व्यवहार गर्न आउँदैन् ”

यसअघि यो वर्षको सुरुमा मध्यदिनको खानासम्बन्धी मुद्दाको सुनुवाइमा भनेकी थिइन“ भोको पेट कोही अध्ययन गर्न सक्दैन् ”

यो सिफारिसमा दुई अन्य महिलाहरू हिमा कोहली र बेला त्रिवेदीको नाम पनि छ । हिमा कोहली जनवरीमा तेलाङ्गना उच्च अदालतकी प्रमुख न्यायाधीशको पद पहिलो महिलाको रूपमा प्राप्त गरेकी थिइन् । हिमाले दिल्ली उच्च अदालतको न्यायाधीशको रूपमा सन् २००६मा काम गरेकी थिइन् ।

न्यायाधीश त्रिवेदीले १८ जनाको ज्यान जाने गरी कोभिड अस्पताल गुजरातमा आगलागी भएको विषयमा गुजरात सरकारको कटु आलोचना गर्दै यस्तो घटना दोहरिन नदिन चेतावनी दिएकी थिइन् ।

भारतको सर्वोच्च अदालतमा महिला प्रधानन्यायाधीशको पदमा हुनुपर्ने माग हुँदै आएको छ ।

सेवा निवृत हुन अघि पूर्व प्रधानन्यायाधीश एसए बोब्डेले भारतमा महिला प्रधानन्यायाधीश हुने समय आइपुगेको बताएका थिए ।
प्रधानन्यायाधीश रमनाले पनि न्यायालयमा महिला प्रमुख हुने समय आइपुगेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !