८ आश्विन २०८१, मंगलबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सरकार गठनबारे छलफल

प्रकाशित मिति :  19 August, 2021 12:25 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजनितिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बालुवाटार पुगेका थिए । नयाँ दल दर्ता गरेको भोलिपल्टनै प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता भएको हाे ।

सरकारले अध्यादेश ल्याएपछि नेपालले एमाले विभाजन गरेर बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !