५ आश्विन २०८१, शनिबार

तालिबानद्वारा इश्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउने घोषणा

प्रकाशित मिति :  19 August, 2021 2:08 pm


काठमाडौ । तालिबानले पश्चिमा समर्थिन सरकारको नेतृत्वमा रहेको राजधानी काबुल कब्जा गरेको चार दिन पछि इश्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउने घोषणाा गरेका छन् ।

बेलायतले १०२ वर्ष पछि अफगानिस्तानबाट आफ्नो शासन त्याग गरेको थियो । तालिबानका औपचारिक प्रवक्ता जबिउल्लाह मुजाहिदले अफगानिस्तानलाई इश्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउने घोषणाा गरेका हुन् ।

उनले बेलायतले अफगानिस्तानमा जारी राखेको शासन अन्त्य गरेकाे १०२  वर्षपछि इश्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउन लगाएिको बताए । अगस्ट १९ लाई राष्ट्रिय दिवसको रूपमा मनाइने पनि उनले जनाए ।

आइतबार तालिबानले राजधानी काबुल कब्जा गरेको थियो भने सोही दिन त्यहाँका राष्ट्रपति असरफ गानीले देशबाट पलयान भए । गानीको पलायन पछि पहिलो उपराष्ट्रपति अमरुल्ला सलेहले संविधानका आधारमा आफू देशको औपचारिक नेता भएको दाबी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !