३ आश्विन २०८१, बिहिबार

रियलमीले स्मार्टफोन र ल्यापटप सार्वजनिक गर्दै

प्रकाशित मिति :  19 August, 2021 3:04 pm


काठमाडौं । रियलमीले जीटी सिरिजका दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । रियलमीले जीटी मास्टर र जीटी एक्सप्लोरर मास्टर सार्वजनिक गरेको हो । साथै, पहिलो पटक ल्यापटप रियलमी बुक पनि ल्याउँदैछ ।

जीटी एक्सप्लोरर मास्टर इडिसन मा १२९ जीबी र्याम बढाउन मिल्ने क्वालकम स्नापड्रागन ८७० प्रोसेसर रहेको छ । आइओएस सहितको ५० मेगापिक्सल मुख्य क्यामेरा रहेको छ । यस स्मार्टफोनको मुल्य ८ जीबी +१२८ जीबीको ४९९ अमेरिकी डलर र १२ जीबी + २५६ जीबीको ५४९ अमेरिकी डलर पर्नेछ ।

जीटी मास्टर इडिसनमा ८ जीबीसम्म बढाउन मिल्ने र्याम रहेको छ । यसमा ६४ मेगापिक्सल मुख्य क्यामेरा सहित ३२ मेगापीक्सल सेल्फी क्यामेरा रहेको छ । दुबै स्मार्टफोनहरुले पावरफुल गेम चल्न सक्ने कम्पनीले जनाएको छ ।

जीटी मास्टर इडिसनको ६ जीबी + १२८ जीबीको सुरुवाती मुल्य ३९९ अमेरिकी डलर रहेको छ भने ८ जीबी + २५६ जीबीको ४४९ जीबी अमेरिकी डलर रहेको छ ।
यस्तै, रीयलमीको १४.९ एमएम मेटल बडी भएको पहिलो ल्यापटप निलो र खैरो रङ्मा उपलब्ध छन् ।

१४ इन्च फुल डिस्प्ले भएको ल्यपटपमा ११ जेनेरेसन इन्टेल कोर प्रोसेसर र डुअल प्mयान कुलिङ सिस्टमले पावर गर्नेछ ।

आई ३ को ८ जीबी + २५६ जीबीको रीयलमी बुकको सुरुवाती मुल्य ७४९ अमेरिकि डलर पर्ने छ भने आई ३ कै ८ जीबी + ५१२ जीबीको मुल्य ७९९ अमेरिकी डलर रहेको छ ।, त्यसैगरी आई ५ अन्र्तगत ८ जीबी + ५१२ जीबीको ७६९ अमेरिकी डलर रहेको छ भने १६ जीबी + ५१२ जीबी को मुल्य ९९९ अमेरिकी डलर रहेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !