५ आश्विन २०८१, शनिबार

टोकियो पाराओलम्पिकको एथलिट भिलेजमा पहिलो कोभिड संक्रमित

प्रकाशित मिति :  19 August, 2021 4:18 pm


काठमाडौं । टोकियो पाराओलम्पिकको एथलिट भिलेजमा पहिलो कोभिड–१९ संक्रमित फेला परेको छ । जापानको कोरोनाभाइरस संक्रमित लहरका कारण समस्यामा रहेको छ ।

पाराओलम्पिक २४ अगस्टमा सुरु हुने भएको छ । अपाङहरूको सहभागितामा सम्पन्न हुने यो पारा ओलम्पिकमा भाग लिने एथलिटहरूका लागि छुट्टयाइएको क्षेत्रलाई एथलिट भिलेज भनिएको हो ।

जापानको स्थायी बासिन्दा नरहेको तर खेलकुदसँग सम्बन्धित व्यक्ति भएको जापान टुडेले जनाएको छ । पारा ओलम्पिकका लागि एथलिट भिलेज मंगलबारदेखि खुला गरिएको हो ।

यो खेलकुदमा विश्वभरका १६० टोलीका गरी ४४०० एथलिटले भाग लिनेछन् । यसअघि अगस्ट ८मा सम्पन्न भएको टोकियो ओलम्पिक ट्वेन्टी ट्वेन्टीको १५ पछि टोकियो पारा ओलम्पिकको आयोजना गर्न लागिएको हो ।

ओलम्पिकमा सम्बन्धित व्यक्तिहरूमा ५४६ जना संक्रमित भएको रिपोर्ट रहेको छ । हालका दिनमा दैनिक २० हजार भन्दा बढी दैनिक संक्रमित जापानमा रेकर्ड गरिएको छ ।

जापान सरकारले १३ क्षेत्रमा आपत्कालीन लकडाउन सेप्टेम्बर १२सम्म विस्तार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !