मन्त्रिपरिषद् निर्णयः बागमतीमा यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाइने, भदौ २४ गतेदेखि प्रभुराम शर्मा प्रधानसेनापति
प्रकाशित मिति : 19 August, 2021 6:30 pm
काठमाडाैं ।
बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने लगायतकाे निर्णय बिहीवार बसेकाे मन्त्रिपरिषद् वैठकले गरेकाे छ ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई नियुक्त गर्ने निर्णय गरिएकाे हाे ।
उनी प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालको नजिक रहेर काम गरेका नेता हुन् । त्यसैगरी वैठकले प्रभुराम शर्मालाई भदौ २४ गतेदेखि लागु हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ ।