बागमती प्रदेश कृषि मन्त्रालयले गर्यो मन्त्री लामाको बिदाइ कार्यक्रम
काठमाडौं । बागमती प्रदेश बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निवर्तमान मन्त्री माननीय दावा दोर्जे लामाको बिदाइ कार्यक्रम गरेको छ । बुधबार प्रदेश सरकार परिवर्तन भएसँगै पदमुक्त भएका लामालाई बिहीवार मन्त्रालयले एक कार्यक्रमकाबीच बिदाइ गरेको हो ।
लामाले ३ बर्ष ६ महिना कृषि मन्त्रीका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । “कार्यकालमा निभाउनु भएको अभिभावकत्व, मार्ग निर्देशन, कुसल नेतृत्व तथा प्रेरणादायी भूमिकाकाे लागि हार्दिक आभार प्रकट गर्दछौं,” मन्त्रालयको आधिकारीक फेसबुकज पेजमा बिदाइका फोटाहरुसँगै सन्देश लेखिएको छ ।
प्रदेश सचिव डा. मतिना बैद्य जाेशी लगायत कृषि क्षेत्रका सरोकारवाला निकाय तथा व्यक्तिहरुले बिदाइ शुभकामना व्यक्त गरेका छन् ।
“दावा दोर्जे लामाज्यूसँग फ्लोरिकल्चर एशोसियसनले पुष्प व्यवसायको बिकास, विस्तार तथा प्रवर्द्धनमा सहकार्य गर्ने सुअवसर प्राप्त गर्यो, उहाँको कार्यकालमा भएको पुष्प उद्योगको विकास सम्पूर्ण पुष्प उद्यमीहरुले सम्झिरहनेछन्,” एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भनेका छन् ।