५ आश्विन २०८१, शनिबार

अमेरिकाले हतियार दिए तालिबान लखेट्ने पूर्व रक्षामन्त्रीका छोराकाे चेतावनी

प्रकाशित मिति :  20 August, 2021 12:40 pm


काठमाडौं । अफगानिस्तानका पूर्व रक्षामन्त्रीका छोराले अमेरिकाले हतियार दिए तालिबानलाई लखेटेरे पठाउने चेतावनी दिएका छन् ।

सन् १९९६ मा अपदस्थ गरिएका राष्ट्रपति बुरहानुद्दीन रब्बानीको सरकारमा रक्षामन्त्री बनेका अहमद शाह मसुदका छोरा अहमद मसुदले यस्तो बताएका हुन् ।

राष्ट्रिय प्रतिकार मञ्च अफगानिस्तानको नेताको रूपमा आफूलाई प्रस्तुत गर्ने मसुदका पिता मुजाहिद्दीन समूहका प्रभावशाली नेता थिए ।

सन् १९८० को दशकमा मुजाहिद्दीन समूहको गठन गरिएको थियो । मुजाहिद्दीनहरूले सोभियत सेनासँग लडेरर उनीहरूलाई अफगानिस्तानबाट फर्किन बाध्य पारेका थिए ।

पछि मुजाहिद्दीन कमान्डर मसुद अफगानिस्तानीले सरकारको रक्षा मन्त्रालय सम्हालेका थिए । उनैका छोरा मसुदले अमेरिकाले हतियार र बन्दोवस्तीका सामान आपूर्ति गराए तालिबानलाई लखेटेर भागाउने घोषणा गरेका हुन् ।

अमेरिकाले हतियार दिएर आफ्नो बाबुले लडेजस्तै तालिबान विरूद्धको लडाइँ लड्ने  द वासिंटन पोस्टमा प्रकाशित समाचारमा मसुदले भनेका छन् । मसुदले अफगानिस्तानमा महिला अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता स्थापना गर्न लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !