११ मंसिर २०८१, मंगलबार

आजदेखि कक्षा १२ का विद्यार्थी र ४० वर्षमाथिकालाई भेरोसेल खोप लगाइदै

प्रकाशित मिति :  20 August, 2021 1:42 pm


१२ कक्षाका विद्यार्थी र ४० वर्ष भन्दा माथिका व्यक्तिहरुले आजदेखि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने भएका छन् । काठमाडौंका विभिन्न खोपकेन्द्रहरुबाट विद्यार्थी र ४० वर्ष माथि उमेर समु्हका व्यक्तिहरुलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।

कक्षा १२ को परीक्ष संचालन सहज होस् भन १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

खोप लगाउने ४० वर्षका व्यक्तिले उमेर खुल्ने परिचयपत्र र परीक्षार्थीले प्रवेश पत्र र उमेर खुल्ने परिचय पत्र अनिवार्य साथमा लैजानु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !