५ आश्विन २०८१, शनिबार

तालिबानलाई अन्तर्राष्ट्रिय मञ्चमा अस्तित्वको संकट भएको बाइडेनको भनाइ

प्रकाशित मिति :  20 August, 2021 2:24 pm


काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले तालिबानीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अस्तित्वको संकट परेको बताएका छन् ।

“अन्तर्राष्ट्रिय समुदायबाट वैधानिकता पाउन तालिबानहरूलाई अस्तित्वको संकट छ,”  बाइडेनले भनेका छन् । अफगानिस्तानको राजधानी काबुललाई तालिबानले कब्जा गरेपछि अमेरिकाले त्यसलाई वैधानिकता दिने वा नदिने विषयमा अझ स्पस्ट भइ नसकेको सन्दर्भमा बाइडेनकाे अभिव्यक्ति बाहिरिएकाे हाे ।

तालिबानलाई प्राप्त हुने अन्तर्राष्ट्रिय समुदायको रकम प्रवाहमा अमेरिकाले रोक लगाइसकेको छ । तालिबानले अल कायदा जस्ता अन्तर्राष्ट्रिय आतंवादी समूहहरूलाई सहयोग गर्ने कार्यमा रोक लगाउन र महिला तथा अल्पसंख्याकहरूको अधिकार सुरक्षित गर्न सहमति जनाए मात्र ती रोकिएको रकम प्रवाहलाई खुला गर्ने योजनामा अमेरिका रहेको छ ।

अमेरिकाले ३१ अगस्टसम्म अमेरिकी सेना फिर्ता गरिसक्ने सम्झौता तालिबानसँग गरिए पनि अमेरिकाले ३१ अगस्ट पछि सम्म पनि अमेरिकी सेना रहने देखिएको छ। अमेरिकाले अगानिस्तानबाट अमेरिकीहरूलाई निकाल्ने अभियानलाई तीव्र बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !