८ आश्विन २०८१, मंगलबार

कांग्रेस नेता गिरीको स्वास्थ्यलाभकाे कामना गर्न मुम्बई पुगे सभापतिका उम्मेद्वार निधि

प्रकाशित मिति :  20 August, 2021 6:29 pm


काठमाडौ । नेपाली कांग्रेसकाे चौधाैं महाधिवेशनमा सभापतिका उम्मेदावरको रूपमा प्रस्तुत गरेका उपसभापति विमलेन्द्र निधिले भारतको मुम्बईमा उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरीसँग भेटेर उनको सुस्वास्थ्य कामना गरेका छन् । note 20 ultra 140

मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार गराइरहेका गिरीलाई भेटेर निधिले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आफू सभापतिका उम्मेदवारीका रूपमा अगाडि बढेकाेबारे जानकारी गराएका छन् ।

निधिसँगै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री विहीबार मुम्बई पुगेका थिए ।

घाँटीमा समस्या देखिएपछि गिरीलाई थप उपचारकाे लागि भारत लगिएकाे हाे । चिकित्सकहरूले क्यान्सरको आशंका गरेपछि उपचार कार्यलाई विशेष ध्यान दिइएको हो ।



प्रतिक्रिया दिनुहोस !