१२ मंसिर २०८१, बुधबार

गत आर्थिक वर्षमा बेरुजु रकम ४ खर्ब १८ अर्ब रुपैयाँ माथि पुग्यो

प्रकाशित मिति :  20 August, 2021 6:30 pm


काठमाडौं । गत वर्ष २०७६/७७ मा सममा बेरुजु रकम ४ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिमसम्ममा बेरुजु रकम ५३ करोडले बढेको छ ।

सो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६÷७७ को अन्तिम लेखा परीक्षणमा  कार्यालयले कुल ५३ खर्ब २७ अर्ब ९१ करोड बढीको लेखा परीक्षण गर्दा ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बेरुजु रहेको देखिएको हो ।

उक्त आर्थिक वर्षमा आवधिक गरी टुंगो गरी लगाउनुपर्ने रकम ६ खर्ब ६४ अर्ब भए पनि त्यसमा ११ अर्ब ४१ करोड थप गरी ६ खर्ब ७६ अर्ब ४१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले ३ हजार ७९ संघीय सरकारी निकाय तथा कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँको लेखा परीक्षण गर्दा ४४ अर्ब ३९ करोड बढीको बेरुजु देखिएको छ ।

प्रदेशअन्तर्गतका १ हजार १९ निकाय तथा कार्यालयमा लेखापरीक्षण २ खर्ब ३७ अर्बमध्ये ६ अर्ब ५० करोड अर्थात २.७४ प्रतिशत बरुजु देखिएको छ ।

५८४ समिति तथा अन्य संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोडको लेखा परीक्षणमा १२ अर्ब ६६ करोड अर्थात ७.७४ प्रतिशत बेरुजु फेला परेको छ ।

यसैगरी ६९९ स्थानीय तह (५ बक्यौत समेत) गरी ८ खर्ब १५ अर्ब ९९ करोड बराबरको लेखा परीक्षणमा ४० अर्ब ८३ करोड अर्थात ५ प्रतिशत बेरुजु भेटिएको छ ।

यसैगरी ८१ सार्वजनिक संस्थानको २५ खर्ब ५५ अर्ब १३ करोड रूपैयाँको र संगठित संस्थाको ११ खर्ब २० अर्ब ७९ करोडको लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !