११ कार्तिक २०८१, आइतबार

चलन आयो रे [कविता]

प्रकाशित मिति :  21 August, 2021 2:55 pm


चलन आयो रे

चुनाब आउदा गाँउले चाहिने
जितेपछि ती चाहिने नेता आयो रे

लडाउन सोझा युवा खोज्ने
अवसरमा आफ्ना रोज्ने मन्त्री आयो रे

आफ्नालाई लड्डु खुवाउने
रक्सीमा भोट किन्ने उम्मेद्वार आयो रे

प्रजालाई जिउदै मार्ने
आफ्नो संबिधान आफै मार्ने सरकार आयो रे

झुट्टा कुरा गर्दै हिड्ने
पद पैसाामा बिक्री हुने सांसद आयो रे

भाषण गरी लठ्ठ पार्ने
पार्टी फेरि फाइदा लिने चलन आयो रे

बाहना बनाइ पार्टी फुटाइ
अस्थिरताको बिज रोप्ने संसकार आयो रे

घाटा हुँदा गाली गर्नेे
फाइदा पाउँदा खुट्टा मोल्ने चलन आयो रे ।।

– चिरञ्जिबि भुसाल



प्रतिक्रिया दिनुहोस !