५ आश्विन २०८१, शनिबार

काबुल विमानस्थल बाहिर भएकाे भागदाैडमा सात अफगानीको मृत्यु

प्रकाशित मिति :  22 August, 2021 2:12 pm


काठमाडौं । अफगानिस्तानको राजधानी काबुल बाहिर भागाभाग हुँदा ७ जनाको मृत्यु भएको बेलायती रक्षामन्त्रालयले जनाएको छ ।
बेलायती रक्षामन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भागदाैडमा मृत्यु भएकाे पुष्टी गरिएकाे हाे ।

तालिबानले काबुल कब्जा गरेदेखि अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको भीड काबुल विमानस्थल वरिपरि बढ्दै गएको छ ।

विमानस्थललाई सुरक्षा दिन र त्यहाँबाट उड्ने विमानको सुरक्षाको व्यवस्था गर्न करिब साढे चार हजार अमेरिकी सेना परिचालन गरिएको छ ।
तालिबानहरूले विमानस्थल वरिपरिका जाँच नाकामा आफ्ना मानिस खटाएका छन् ।

उड्न लागि चाहिने तर आवश्यक कागजातको अभाव हुने अफगानीहरूलाई विमानस्थल तर्फ तालिबानहरूले जान नदिएका हो ।



प्रतिक्रिया दिनुहोस !