प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
प्रकाशित मिति : 22 August, 2021 2:14 pm
काठमाडौं । साताको पहिलो दिन छापावाला सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितातोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
गत शुक्रबार ४ सय रुपैयाँ बढ्दा प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ बढ्दा प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।