८ आश्विन २०८१, मंगलबार

एमालेले सांसद शाही र खत्रीमाथि गरेकाे कारबाहीलाई लुम्बिनी प्रदेससभाले मान्यता दिएन

प्रकाशित मिति :  22 August, 2021 2:46 pm


काठमाडौ । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य अजय शाही र विमला खत्री वलीलाई नेकपा एमाले पठाएको पत्रका आधारमा कारबाही गर्न नसक्ने जनाएको छ ।

एमालेले पत्र पठाएर प्रदेश सभामाा सहभागी शाही र उपनिर्वाचनबाट वलीलाई कारबाही गरी प्रदेश सभा सदस्य पद खारेज गर्न माग गरेको थियो ।

एमालेले भने अनुसार कारबाही गरेको पत्र प्रदेश सभा सचिवालयले सार्वजनिक नगरेपछि दुई दिनसम्म बैठक अवरूद्ध गरेको थियो ।

प्रदेशसभा सचिवालयले एमालेलाई फर्काएको जवाफी पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य भएकाे उल्लेख नगरेका कारण पदमुक्त गर्न नसकिएको उल्लेख गरेको छ ।

शाहीले निर्वाचनमा सहभागी हुँदा नै स्वतन्त्र पहिचान कायम हुने गरी सूर्य चिन्ह प्रयोग गर्ने गरी सम्झौता गरेको यसअघि पत्रकार सम्मेलनमार्फत् जनाएका थिए ।

विवादका कारण मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनसमेत ढिला हुँदै गएको छ । प्रदेशसभाको बैठक सोमबार बस्ने गरी आह्वान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !