५ आश्विन २०८१, शनिबार

ट्रम्पले समर्थकहरूलाई कोभिड–१९ खोप लिनआह्वान गरे

प्रकाशित मिति :  22 August, 2021 4:50 pm


काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो समर्थकरूलाई कोभिड–१९ महामारीको खोप लिन भनेका छन् ।

अलाबामा -यालीलाई सम्बोधन गर्दै ट्रम्पले खोप लिन भनेका हुन् ।

ट्रम्पले कोभिड–१९ खोप लिन भने पछि उनका समर्थकहरूमाझ त्यसको आलोचना गरिएको छ ।

समर्थकहरूले छिछि गरेको भिडियोमा सुनिएको याहु समाचारले जनाएको छ ।

ट्रम्पले आफूले खोप लिएको बताए ।

ट्रम्पले जनवरी २०२१मा खोप लिएपनि अमेरिकी जनतालाई यो मार्चसम्म थाहा हुन सकेको थिएन् ।

सेभ अमेरिका -यालीको आयोजना अलाबामाको कुलम्यानमा गरिएको थियो ।

उनले भने “ म तपाईहरूको स्वतन्त्रतामा पूर्णरूपमा विश्वास गर्छु । तर म तपाईहरूलाई खोप लिन सिफारिस गर्छु ।”

खोप राम्रा छन् भन्दै समर्थकहरूलाई खोप लिन सुझाउ दिए ।

सुरुमा ट्रम्पका समर्थकहरूले खोप लिने प्रवर्द्धन कार्यक्रमा जाँदा अलोकप्रिय भइने चिन्ता व्यक्त गरेका थिए । त्यसले गर्दा ट्रम्पले खोपबारे केही भन्न चाहिरहेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !