५ आश्विन २०८१, शनिबार

अलकायदाका नेता ओसामाले बाइडनलाई मार्न खोजेका लडाकुलाई किन रोकेका थिए ?

प्रकाशित मिति :  22 August, 2021 6:18 pm


काठमाडौं । सन् २०००मा अमेरिकाको कट्टर शत्रु संगठन अल कायदाले मार्न खोजेको अहिलेका अमेरिकी राष्ट्रपति जो बाइडनलाई अल कायदाका संस्थापक सर्वोच्च नेता ओसामा बिन लादेनले जोगाएको खुलेको छ ।

यो खुलासा भएपछि अमेरिकी राष्ट्रपति बाइडनको राजनीतिक पक्षमा समस्या बढेको देखिएको कतिपयको भनाइरहेको छ ।

ओसामाले बाइडनलाई राष्ट्रपति पदका लागि कमजोर नेताको रूपमा लिएको खुलेको छ । बाइडनको ठाउँमा उनले तत्कालीन राष्ट्रपति बराक ओबामालाई मार्न खोजेका थिए ।

अमेरिकी मिडिया रिपोर्टहरूका आधारमा सन्२०१०मा आफ्ना सहयोगीलाई लेखेको पत्रमा यस्तो लेखिएको पाइएको छ ।

त्यो पत्रमा बाइडनलाई राष्ट्रपति बन्ने कुरो उल्लेख गरिएको छ । अयोग्य राष्ट्रपतिको रूपमा बाइडन भए अल कायदालाई लाभ मिल्ने योजना ओसामाले बनाएका थिए ।

३ मे २०१२मा अमेरिकी न्युज च्यानल एबीसी वेबसाइटमा प्रकाशित खबरका आधारमा यो पत्रमा ओसामाले अल कायदा लडाकुलाई ओबामाको हत्याको योजना बनाउन भनेका थिए ।

बाइडनमााथि हमला नगर्न ओसामाले निर्देश दिएका थिए ।

ओसामाको ४८ पृष्ठको डायरीमा ३६औं पृष्ठमा यस्तो विषय उल्लेख गरिएको छ ।

ओबामालाई मारे पछि बाइडन राष्ट्रपति हुन सक्ने योजना ओसामाको रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !