८ माघ २०८१, मंगलबार

एमालेले सोमबार पनि चल्न दिएन लुम्बिनी प्रदेश सभा, मुख्यमन्त्रीकाे विश्वासकाे मत लिने कार्यक्रम प्रभावित

प्रकाशित मिति :  23 August, 2021 2:30 pm


काठमाडौं । नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । बैठक अवरूद्धपछि विश्वासको मत लिन खोजेका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रस्ताव उपरको छलफलमा ढिलाइ हुने भएको छ ।

एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रहलाई सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि निरन्तर प्रदेश सभा बैठक अवरूद्ध पारेको हो ।

प्रदेश सभाको बैठक सुरु हुनासाथ ‘हाम्रो माग पूरा गर, दलीय मर्यादा कायम गर’ जस्ता नारा एमालेका सांसदहरूले लगाउन थालेका थिए ।
अहिले वैठक स्थगित छ ।

दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान लुम्बिनी प्रदेशमा एमालेले राखेको छ ।



प्रतिक्रिया दिनुहोस !