५ आश्विन २०८१, शनिबार

काबुलबाट बाहिर जान खोज्नेको उद्धार कार्यक्रम विस्तार गर्न तालिबानद्वारा इन्कार

प्रकाशित मिति :  23 August, 2021 4:43 pm


काठमाडौं ।अफगानिस्तानबाट बाहिर जान खोज्नेहरूको उद्धार गर्न सक्रिय अन्तर्राष्ट्रिय समुदायको कार्यक्रमलाई ३१ अगस्टसम्म तोकिएको समयसीमालाई विस्तार गर्न तालिबानले इन्कार गरेको छ ।

तालिबानका प्रवक्ता सुहेल शाहीनले उद्धार कार्यक्रम विस्तार गर्न नसकिने बताएका छन् ।

३१ अगस्टसम्म तोकिएको उद्धार कार्यक्रम विस्तार गर्न बेलायतले दबाब दिन खोज्नु यसअघि घोषित कार्यक्रमको उल्लंघन भएको प्रवक्ताले जनाए ।

शाहीनले भने “विदेश सैनाले तोकिएको समयसम्म अफगानिस्तानबाट फिर्ता हुनुपर्छ । अन्यथा यो स्पस्ट उल्लंघन हुनेछ ।” साथै प्रवक्ताले यस्ता विषयमा तलिबानको नेतृत्वबाट पनि आवश्यक निर्णय हुन सक्ने जनाए ।

हजारौं अफगानीहरू काबुल विमानस्थलमा जम्मा हुँदै आएका छन् ।

काबुलबाट बेलायत लगायतका देशले उद्धार कार्य तोकिएको समयमा सम्पन्न हुन नसक्ने भएकोले समयसीमा विस्तार गर्न प्रस्ताव गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !